संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुधार हुने क्रममा

पुष २४, वासिङटन- संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोजी भईरहेको वुझिएको छ ।

दुईदेशविचको सम्बन्ध सुधार गर्न बठक बस्ने गरी ठाउँ खोजी भईरहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीचको अर्काे बैठकको तयारी भईरहेको भएपनि बैठकका लागि उचित स्थानको तय भने भईसकेको छैन ।

आइतबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरुलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको बताए । राष्ट्रपति ट्रम्पलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ– उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुदै गएको र अहिले कुनै रोकावट नभएकाले वार्ता राम्रोसँग अघि बढिरहेको छ ।

यद्यपी उत्तर कोरियामाथि अमेरिकाले लगाएको नाकाबन्दी जारी नै रहेको छ । उत्तर कोरियाली नेताले यसै हप्ता आफूलाई एक पत्र पठाएको राष्ट्रपति ट्रम्पले खुलासा गरेका थिए । किमको पत्रपछि आफूहरुबीच वार्ता भएको र त्यसबाट दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उनले बताएका थिए ।

यता उत्तर कोरियाले भने सिंगापुरमा भएको पहिलो चरणको वार्तामा गरिएका प्रतिबद्धताहरु अमेरिकाले पुरा नगरेको भन्दै यदि त्यसो नभएमा आफ्नो निशस्त्रीकरणको प्रयास नरोक्ने बताएको थियो ।