स्ववियु निर्वाचन फागुनमा गर्ने त्रिविको तयारी

पुस,२३ काठमाडौं त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुनमा गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी गरेको छ । स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो ।

त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन ।  विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।