आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस, २३ काठमाडौ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । उनले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित भर्खरै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ ।