पुुस,२३ काठमाडौं– सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा पूर्वसहित वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ ।
सोमवार विहान बसेको समितिको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको हो ।
बैठकले गृह मन्त्रालयका सचिव प्रेम राईलाई भने निर्दोष ठहर गरेको छ ।