पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्ने : राजीनामा दिने सम्भावना

पुस२३ , काठमाडौं – काठमाडौं– वाइड बडी विमान खरिदमा विवादमा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी विमानका बारेमा उठेका विषयमा जानकारी दिन आज (सोमवार) विहान १० बजे पत्रकार सम्मेलन गर्ने पर्यटन मन्त्रालयले जनाएको हो ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा दिने सम्भावना भएको बताइएको  छ । राजीनामा दिनेबारे पर्यटन मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेको  थाहा भएको छ ।

सार्वजनिक लेखा समितिको ११ बजे बस्ने बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ ।

यसअघि नै पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले नैतिकताका आधारमा राजीनामा दिन सक्ने नेकपाका स्रोतले बताएकोछ ।