वाइडबडी प्रकरण—‘वाइडबडी खरिद प्रकियामा मेरा कुुुनै संलग्नता छैन ’ मन्त्री अधिकारी

पुस,२३ काठमाडौ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा आफ्नो संलग्नता नरहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले विमान खरिदमा आफ्नो संलग्नता नहँदा नहुँदै विवादित बनाउन खोजिएको बताएका छन् ।

मन्त्री अधिकारीले अनियमिता र त्रृटि छानबिन गर्ने सम्पुर्ण अख्तियार प्राप्त निकायहरूलाई छानबिन गरी तथ्य सत्य बाहिर ल्याउनुु पर्ने बताए । उनले पहिले नै तय भइसकेका विमान खरिद प्रकियालाई रोक्दा निगमलाई नौ अरब रूपैयाँको घाटा हुने भएकाले निगमलाई घाटा हुने काम नगरेको उल्लेख गरे ।

लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी खरिद प्रकृयामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको र तत्कालिन पर्यटनमन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवसँगै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहर गरेको थियो ।