कर्मचारी समायोजन अध्यादेशको विरोधमा सरकारी डाक्टरद्धारा मन्त्रालय घेराउ, आन्दोलनका थप कार्यक्रम सार्वजनिक हुने

पुस, २२ काठमाडौ —सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा सरकारी चिकित्सक मन्त्रालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका छन् ।
आइतबार १० बजेदेखि करिब २ घण्टा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका चिकित्सकले आफ्ना माग पूरा गर्न सरकारलाई दवाव दिदै आन्दोलनका थप कार्यक्रम सार्वजानिक गरेका छन् ।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान) मा आवद्ध देशभरका चिकित्सकहरुले समायोजन अध्यादेश, गैरकानुनी स्वास्थ्य सचिव नियुक्ति, चिकित्सकका सेवा सुविधाबारे माग पूरा गर्न दबाब दिँदै आएका छन् ।