‘अव छिट्टै नेपालमा रेलको टिकट खुल्छ ’ प्रधानमन्त्री ओली

पुस, २२ काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको विषयमा छिट्टै काम हुुने आश्वासन दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रेल र पानीजहाजको काम अगाडि बढिसकेकाले यसमा केहि समय धैर्य हुन अनुुरोध गरेका छन् ।

‘केही मानिसले कागजको पानीजहाज र खेलौना रेल बनाएर मजाक उडाए, रेलको टिकट कहिले खुल्छ पानीजहाज कहिले चढ्न पाइन्छ भनेर पनि सोधे’े, उनले आश्वासन दिदै भने ‘रेल र पानीजहाजको काम अगाडि बढिसकेको छ ।