संसदमा गगन थापाको आक्रोश — प्रश्नको सामना नगर्ने भए संसदमा किन आउनुपथ्र्यो ?’

पुस, २२ काठमाडौ —कांग्रेस नेता गगन थापाले आइतबारको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै आक्रोश पोखेका छन् ।

बैठकबाट बाहिरिँदै नेता थापाले भने ‘सरकारलाई हाम्रो प्रश्नको सामना गर्न मन थिएन भने सिंहदरबारबाट वक्तव्य दिए भइहाल्थ्यो, संसदमा किन आउनुपथ्र्यो ?’
उनले भने‘सभामुखसँग प्रमले मिलेमतो गरेर हाम्रो प्रश्नको सामना गर्न तयार भएनन् ।’

सभामुखले प्रश्नको लागि एक मिनेटको समय निर्धारण गरेका थिए । तर विपक्षी दलले समयको निर्धारण गर्न नहुने माग गरेका थिए । समय दिँदा पनि कांग्रेस नेताहरु नमानेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।