कांग्रेसको होहल्लाले प्रतिनिधिसभा बैठक अबरुद्ध

पुस, २२ काठमाडौं —प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक अबरुद्ध गरेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलसहित सत्ता रुढ दलका सांसदहरुले प्रश्न गर्न समयको माग गरेका थिए।

तर सभामुखले प्रश्नको समय उपलब्ध नगराउँदा कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरेका हुन् । सांसदहरुले रोस्टम घेराउ गरेपनि सभामुख कृष्णबहादुर महराले संसद चलाउँदै अर्थ समितिका सभापतिलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए उनीहरुले अवरोध र हो हल्ला गर्ने क्रम नरोकिएपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।