मन पराएको केटी साथीलाई कसरी आर्कषित गर्ने ? अपनाउनुहोस यी उपायहरु

इमेल खवर —हरेक केटाहरु आफुुले चाहेका केटीहरुलाई प्राप्त गर्न चाहान्छन् । यसका लागि केटाहरुले थुप्रै सम्पति र समय खर्चेका हुन्छन । तर पनि उपलब्धि हासिल गर्न सकिरहेका हुदैंनन् । वरु, केटी साथीको अभावमा विभिन्न कुुलतमा फसेका छन । कतिपय त डिप्रेसनको सिकार सम्म भएका छन । यदि तपाईले पनि प्रयाप्त प्रयास गर्दा गर्दै पनि आफुुले मन पराएको केटीलाई साथी अथवा जीवनसाथी बनाउन सकिरहनु भएको छैन र निरास हुनु भएको छ भने एक पटक यी टिप्सहरु प्रयोग गर्न सक्नुहुन्छ । तपाईलाई टिप्स चित्त वुझे उपयोग गरि खुशी हुन सक्नु हुनेछ ।

सकारात्मक हेराई

केटीहरुले केटाले आफुुलाई कुुन नजरले हेरेका छ भन्ने कुरा सहजै थाहा पाँउछन् । तपाइको हेराई खराव छ भन्ने कुुरा केटीले थाहा पाए भने केटी तपाईको नजिक होइन तपाइ भन्दा टाढा टाढा हुनेछ । तसर्थ केटीलाई सम्मानपुर्वक अनि सकारात्मक हेर्नुहोस ।

सधै मुस्कुराउनुहोस

केटीसंगको भेटमा तपाई सधै हसिलो अनि उर्जाशिल हुनुहोस । उसको अगाडि मुुस्कुुराउदा बास्तवमै उ संग भेटेर आफु खुसी भएको महसुुस गराउनुहोस । छेउमा अरु व्यक्ति छन् भने पनि हासेर कुुरा गर्नुुहोस । हसिलो मुहारबाट महिलाहरुलाई छिटो आकर्षण गर्न सकिन्छ ।

फ्रेस रहनुस

आफुले मन पराएको मान्छेको अगाडि सधै फ्रेस भएर जानुहोस । भेट्दा सिधै अनुहारमा नजर पर्ने भएकाले पनि अनुहारमा फ्रेस पना आवश्यक छ । फ्रेस अनुहारले आफुप्रति आकर्षित गर्न मद्धत पुग्दछ ।

निस्वार्थ सेवा गर्नुहोस

आफुुले मन पराएको व्यक्तिलाई सेवा गर्न पछि नपर्नुहोस । यदि उसलाई केहि आवश्यकता छ वा उनमा कुनै समस्याहरु छन् भने उनको आवश्यकता बुझेर निश्वार्थ सहयोग गर्नुस । यसरी सहयोग गरेमा नजिक्याउन सकिन्छ ।

पहिरनमा हेक्का गर्नुुहोस

ड्रेसअपले पनि व्यक्तिको व्यतिmत्व भल्किन्छ । त्यसैले आफ्नो शरीर अनुुसार पहिरन मिलाएर लगाउनुहोस । आफुलाई मन पर्ने व्यक्तिलाई कस्ता पहिरन मन पर्दछ, त्यो कुराको ख्याल गरेर उसको अगाडि प्रस्तुुत हुनुहोस । सधै सफा रहनुहोस ।