विचौलियालाई तह लगाउन कालीमाटीपछिको दोस्रो ठूलो तरकारी बजार भक्तपुरमा

पुष २१, भक्तपुर — काठमाडौंको कालीमाटीपछि दोस्रो ठुलो तरकारी बजार भक्तपुरमा सञ्चालन हुने भएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३को गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा खोलिएको  उक्त तरकारी बजार पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको हो । तरकारी बजारको दुई रोपनी क्षेत्रफल पार्किङको लागि मात्रै व्यवस्था गरिएको छ ।

उत्त तरकारी बजार नेकपा भक्तपुर जिल्ला कमिटि सदस्य श्याम बस्नेतले आज एक पत्रकार सम्मेलन गर्दै कूल रु छ करोड ५० लाख लगानीमा शुरु गर्न लागेको बताएका छन् ।

आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरी तराईबाट ४० हजार तरुल भित्राउने र पुस २५ गतेदेखि सस्तोमा बिक्री शुरु गरी माघ १ गतेदेखि औपचारिक उदघाटन र माघको दोस्रो सातासम्म सबै तरकारी पाउने गरी सञ्चालन गरिने सञ्चालक श्याम बस्नेतले ईमेलखवर डटकमलाई बताए । उनले भने, तरकारी बजारमा पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ ।

मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्य्विनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा पुग्न सकिने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरेर १३० सटर, १५० स्टल र २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गरिएको छ उनले भने ‘वल्खुको तकारी बजारको भित्र जाने सडक साँघुरा छन तर यहाँको तरकारी वजारको बाटो पाँच फिट फराकीलो बनाईएकोछ’ ।

त्यतिमात्र हैन, कृषकका खेतबारीबाट सोझै तकारी बजारमा तरकारी लगायत फलफूल ल्याउन २० वटा गाडीको पनि व्यवस्था गरिएको छ, उनले भने ‘ तरकारी वजारमा स्टलहरु हेरेर २५ हजारदेखी ५० हजार र आलु जस्ता ठुला डिपो स्टलका लागि १ लाख सम्म भाँडा लिने गरी पशलेहरुसँग समझौता गर्न सकिन्छ ’ । उनले तरकारी बजार प्रवेश गर्ने २ वटा गेटमा २४सैँ घण्टा ४ जना सुरक्षागार्डको व्यवस्था तथा बजारभित्र १८ वटा सिसी क्यामरा पनि जडान गरिएको बताए ।

त्यसैगरी तरकारी वजारमा महिला र पुरुषका लागि १० ÷१० वटा गरी २० वटा शौचालय र पानीको प्रयाप्त व्यवस्था सहित दिनमा पाँचपटक सरसफाईको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता समेत रहेका श्याम बस्नेतले आफ्नो ८१ वर्षिय आमाले वजारमा १० रुपैयाको तरकारी विक्री गर्दा विचको विचौलियाले लगेर ३० मा बिक्री गर्ने गरेको स्मरण गराउदै यस्तो प्रवृतिको अन्त्यका लागि तरकारी बजार निर्माणमा जुटेको बताए ।

कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको छ ।

बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीहरु पनि बजार उपलब्ध गराईने भएको छ ।

तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढी युवा र प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतको धारणा छ ।

विगत १८ वर्षदेखि कृषि पेशामा पनि आवद्ध तरकारी वजार सञ्चालक श्याम बस्नेत विसं २०५२ देखि विद्यार्थी राजनीति शुरु गर्दै तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुँदै हाल नेकपाको जिल्ला कमिटी सदस्यमा पनि छन् ।