फोरम जुर्मुरायो संविधान संसोधनको मुद्धामा

पुस २१, काठमाडौं—सत्ता साझेदारी संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधन विषय सम्झाएको छ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन गर्न दबाव दिएकै वेला सत्ता साझेदार फोरमले पनि यो मुद्दा उठाएको हो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका फोरमका नेताहरुले शनिबार आज प्रधानमन्त्री ओलीलाई भेटर ११ बुँदे मागसहित स्मरण गराएका छन् ।

आवश्यक होमवर्क गरी हिउँदे अधिवेशनबाटै संविधान संशोधनको गर्न पनि फोरमको माग छ । शनिबारको भेटघाटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य नेताहरु पनि थिए । यसविषयमा प्रधानमन्त्री ओली सकारात्मक रहेको फोरमको भनाई छ ।

साथै फोरमले प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने, कर्णाली लगायत प्रदेश २ लाई विकास गर्न स्पेशल प्याकेज बनाउनुपर्ने, मधेस तथा थरुहट आन्दोलनका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने लगायतका मागहरु राखेको छ ।