‘अव आधुनिक कृषिलाई अंगाल्नुपर्दछ’ —राष्ट्रपती भण्डारी

 

पुष, १९ काठमाडौ —राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रमा आधुनिकरण गर्नुुपर्र्नेे बताएकी छन् ।

बिहीबार बिहान इटहरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको अवलोकन गर्न पुगेकी भण्डारीले समृद्धिको आधार कृषि रहेको भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।

परम्परागत खेती प्रणालीले सोचेजस्तो आम्दानी गर्न गाह्रो भएको बताउदै उनले अनुपातमा उत्पादन बढाउन आधुनिक कृषिलाई अंगाल्नुपर्ने बताएकी छन् ।

दुईदिने भ्रमणमा बुधबार पूर्व आएकी भण्डारीले विभिन्न कृषि फर्म र केन्द्रको अवलोकन गरेकी छन् ।