तीन बजेलाई सर्यो रेशम चौधरीको सपथ

 

पुष, १९ काठमाडौं —प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम ३ बजेलाई सारिएको छ । उनको सपथ बिहान साढे ११ बजे गर्ने पूर्व तयारी थियो ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा ठुलो संख्याको ज्यान जाने हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी निर्दोष भएको भन्दै उनीविरुद्ध लगाइएको मुद्दा फिर्ता लिन राजपाले माग गर्दै आएको थियो ।

राजपाले चौधरीलाई सपथ गराउन सात दिनको अल्टिमेटम दिएको थियो। राजपाले दिएको समयसीमा (पुस १७) को दुई दिनपछि उनलाई सपथ खुवाउन लागिएको हो ।