चलचित्र ‘गोपी’ को दोस्रो गीत सार्वजनिक

काठमाडौ — चलचित्र ‘गोपी’ को ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा शिव परियारको स्वर छ ।

श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमामा दीपेन्द्र लामाले निर्देशक गरेका छन् भने सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको छ ।

माघ १८ गतेबाट रिलिज हुने चलचित्रमा विपिन, सुरक्षा र वर्षाका अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, कुन्ति सिमली, हिउँवाला गौतम, रमेश अधिकारी, सरोज अर्याल लगागतको भुमिका रहेको छ ।