राजधानीमा मनाइयो छैठौं टोपी दिवस

पुष, १७ काठमाडौ — बिश्वव्यापी रुपमा इस्वी सम्वतको नयाँ वर्ष मनाइरहदा नेपालमा भने टोपी दिवस मनाइएको छ ।
बिगत ५ बर्षदेखि इस्वी सम्वतको नयाँ वर्षको दिन पारेर ‘टोपी दिवस’ मनाउन थालिएको हो । माइतीघरमा भेला भएर युवायुवतीहरूले आज छैटौ ‘टोपी दिवस’ मनाएका छन् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा ध्यानाकर्षण गरेका थिए ।