१७ पुस, काठमाडौं — बिग ब्यास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज चौथो खेल हुदैछ । दिउसो दुई बजे मेलबर्न क्रिकेट मैदानमा सन्दीप लामिछानेको समुहले खेल खेल्ने छन् ।
सन्दीपको मेलबर्न स्टास र मेलबर्न रिनेगाडेसवीच प्रतिस्पर्धा हुदैछ । यसअघिका तीनवटै खेल सन्दीपले खेलिसकेका छन् । डेब्यु खेलदेखीनै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका सन्दीपले अहिलेसम्म तीनवटै खेलमा सात विकेट लिइसकेका छन् ।
सिड्नी थन्डरविरुद्धको पहिलो खेलमा दुई विकेट लिइसकेका सन्दीपले दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध पनि तीन विकेट लिएका थिए । त्यसैगरी तेस्रो खेलमा सिड्नी सिक्सर्स्विरुद्ध पनि दुई विकेट लिई अहिलेसम्म उनले सात वीकेट हासिल गरेका हुन् ।
अहिलेसम्मको तीन खेलममा दुई खेलमा विजयी र एटा खेलमा हार सहेको मेलबर्न रिनेगाडेसले चार अंक प्राप्त गरी विग व्यास लिगको दोस्रो स्थान हासिल गरेको छ ।
मेलबर्न स्टार्स भने छैटौं स्थानमा रहेको छ । उसले खेलेका तीन खेलमा दुई खेलमा पराजित हुँदा एक खेलमा विजयी भएको छ ।
