तमु ल्होसारका अवसरमा गुरुङ सुमदायलाई प्रधानमन्त्रीको शुभकामना

पुष १५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ सुमदायलाई शुभकामना दिएका छन् ।

तमुल्होसारको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले शुभकामना दिएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानको सफलताको लागि गुरुङ समुदायको यो पर्वले अझ महत्व बढाउने विश्वास लिएका छन् ।

राजनीतिक हक अधिकारका लागि लामो समय खर्चिएकाले मुुलुको समृद्धिमा ढिलाई भएकाले जनताले अभाव,अशिक्षा र गरिबी भोग्नुपरेको प्रधानमन्त्रीको शुभकामनामा सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिको यात्रा सुरु भएको बताउदै समाजको सम्पूर्ण विभेद र असमानताको अन्त्यका लागि अब समातामुलक समाज मात्र एक लक्ष्य भएको बताए ।