नगर प्रमुख जेलबाट छुटेको उपलक्ष्यमा नगरमा सार्वजनिक बिदा

पुुष, १५ काठमाडौ — विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका नगर प्रमुुख सियाराम कुशवाह ९ महिना पछि जेलमुुत्त भएको अवसरमा रौतहट कटहरिया नगरपालिकाले आज नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालयलगायतमा सार्वजनिक विदा दिईएको छ ।

स्थानीय तहले पाउने अधिकारको दुरुपयोग गर्दै मेयरको लहडमा स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णयप्रति व्यापक आलोचना भईरहेको छ ।

वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उनी शनिबार नेकपाका केन्द्रीय नेताहरुसहित हेलिकोप्टर चढेर गृह नगर फर्किएका थिए ।