तेर्हथुममा हिमपात पछि जनजीवन प्रभाबित

पुष, १४ काठमाडौ — पुर्बी पहाडी जिल्ला तेर्हथुम र आसपासका क्षेत्रमा बर्षासँगै हिमपात सुरू भएपछि जनजीवन प्रभाबित प्रभाबित भएको छ ।

दशकपछि यो बर्षमा उक्त जिल्लामा हिमपात परेको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायतका क्षेत्र हिउँले ढाकिएका छन् ।

हिमपात पछि बढेको चिसाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरु स्थगित भएका छन् ।