तपस्वी रामबहादुर बम्जनविरुद्ध प्रहरीमा उजुरी दर्ता

१२ पुस, सिमरा । तपस्वी रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी दर्ता गरिएको छ । तीन वर्षदेखि आफ्नै अनुयायीलाई वेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बारमा उजुरी दर्ता गरिएको हो ।

लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका जितपुर सिमराका ३४ वर्षीय सुरेशकुमार आले मगर तीन वर्षदेखी वेपत्ता पारिएको भन्दै परिवाले प्रहरीमा उजुरी गरेका छन् ।

बेला बेलामा परिवारको सम्पर्कमा आउने भेटघाट गर्ने गरेका उनी पछिल्लो पटक २०७२ जेठ पहिलो साता घर आएका थिए । फर्केर जाने नजाने दोधारमा परेका उनलाई बम्जनका विश्वासीला व्यत्ति जसबहादुर वाइवाले फकाएर लगेपछि सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ ।

बम्जनले नै सुरेशलाई बेपत्ता पारेको भनी उनका हजुरबा र बाबुआमाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् ।