सेयरवजारमा उतारचढाव कायमै

पुष १२, काठमाडौं— राष्ट्र बैंकको नयाँ नीतिका कारण बुधवार जोसिलो ढंगले बढेको सेयर बजार आज सामान्य ओरालो लागेको छ । सेयर बजारमा बिक्री गर्नेहरुको चाप बढेलगत्तै नेप्से ओरालो आएको हो ।

दिनभरीमा सुधार देखिएपनि अन्तिम समयमा आ्एर आज १ दशमलव ०८ अंकले घटी एक हजार २१५ मा स्थिर भएको हो ।
नेप्से दिउसो करिव साढे १२ बजे एक हजार २३७ पुगेको थियो ।

बुधबार ६९ करोड रुपियाँको कारोबार भएको नेप्सकोे आज एक लाख १२ हजार रुपियाँमा कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ ।