दिगम्बर झाले दिए राजीनामा

पुुष, ११ काठमाडौं —नेपाल दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । सरकारले हटाएपछि पुनः नियुक्त भएका झाले बुधबार राजीनामा दिएका हुन् ।
भदौ २१ गते सरकारले प्राधिकरणको अध्यक्षमा झालाई पुन नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष बनाए पनि उनले चार महिनामै राजीनामा दिएका हुन् ।