कांग्रेसका पार्टी सभापति देउवाविरुद्ध सर्वाेच्चमा परेको रिट खारेज

पुष ६, काठमाडौं– सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दालाई खारेज गरेको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर सभापति देउवाविरुद अदालतको अवहेलनासम्बन्धी परेको रिट निवेदनलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो ।

आइजिपीको नियुक्तीमा तत्कालिन सत्तारुढ दल कांग्रेसको केन्द्रीय समितिले अदालतको अवहेलना हुनेगरी निर्णय गरेको भन्दै अधिवक्ता हरि मैनालीले २०७३ साल चैतमा नेपाली काँगेस पार्टी र सभापति देउवाविरुद्ध सर्वाेचमा रिट हालेका थिए ।

सरकारले गरेको जयबहादुर चन्दको आइजिपी नियुक्तिलाई तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले बदर गरेपछि अदालतबाट हस्तक्षेप भएको कांग्रेसले निष्कर्ष निकालेको थियो ।