दाङको तुलसीपुरमा स्कुल वस दुर्घटना : २३ को मृत्यू

६ पुस, काठमाडौं — सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको स्कुलबस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने ठाउँमा सडकका खरावीका कारण बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा पर्दा २३जनाको मृत्य भएको हो ।

दुर्घटनामा परी २३जनाको मृत्यु भएको प्रदेश ५ का प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी पुस्पराज मल्लले बताए ।
बसमा सवार जम्मा ३७ जना रहको प्रवत्ता डिएसपी मल्लले ईमेलखवरलाई जानकारी गराए । उनका अनुसार ८ जना घाइतको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  

शुक्रबार बेलुकी ५ बजेतिर बस सडकबाट करिब ७ सय मिटर तल खसेको छ । दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ ।