भारतीय नोट नचल्दा सुदूरपश्चिमका स्थानीयबासी मर्कामा

डोटी १ पुष । भारतीय नोट नचल्दा सुदूरपश्चिम प्रदेशका स्थानीय बासीलाई समस्या परेको छ । सरकारले २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि गरेपछि यो समस्या परेको हो ।

भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपाली घर फर्किदा ल्याएका भारतीय नोट नचलेपछि समस्या परेको डोटीका एक स्थानीयवासी चेतराज भट्टले बताए ।

त्यसैगरी दीपायलका किरण भण्डारीले आफ्नो किरण इलेक्ट्रोनिक पसलमा स्थानीयहरु भारतीय पैसा आउने साट्न आउने गरेको बताए ।

सुदूरपश्चिमका अधिकांश स्थानीयवासीको रोजगारीका लागि भारत जाने गरेको र यसको कारोबार प्रदेशभित्र हुने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकको भनाई छ ।