रोनाल्डोको गोलले युभेन्टसलाई जित हासिल

काठमाडौं १ पुस । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसको जीत भएको छ ।  गए राती शनिबारको खेलमा युभेन्टसले टोरिनोलाई १–० गोलले हराएको हो ।

पहिलो हाफमा युभेन्टसलाई गोल विना बराबरीमा रोकेको टोरिनोलाई दोस्रो हाफमा गोल खान परेको थियो । खेलको ७०औं मिनेटमा युभेन्टसले पेनाल्टीबाट रोनाल्डोले गोल हानेपछि युभेन्टसले जीत अगाडी वढेको थियो ।

त्यसपछिको समयमा कसैको थप गोल नभएपछि युभेन्टसले १–० गोलले जितेको हो ।