काठमाडौं महानगरपालिकाको २४ औं महानगर दिवस

काठमाडौं १पुस । काठमाडौं महानगरपालिकाको २४ औं महानगर दिवस मनाएको छ ।
उप(प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंको बसन्तपुरमा यो दिवस मनाइएको हो ।

वि.सं. २०५२ साल मंसिर २९ गते घोषणा गरिएको महानगपालिकाले हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाने गरेको छ ।
काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि निर्वाचनपछि खुला रुपमा मनाइएको यो पहिलो पटक हो ।

उप(प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले महानगरपालिकाले मात्रै सबै गर्दा न्यायसंगत नहुने बताए । उनले तिन तहका सरकारले के(के काम गर्नुपर्छ भनेर योजना वनाउदै महानगरपालिकाले गर्ने कामलाई प्राथमिकता छुट्याएर गर्नुपर्छ भने ।

उनले राम्रा कामको प्रशंसा गर्दाै नराम्रा र हुन नसकेका कामको समीक्षा गर्दै अघि बढ्न महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगाए जनप्रतिनिधिलाई सुझा दिए ।

उप(प्रधान तथा रक्षामन्त्री पोख्रेलले महानगर मात्रै एक्लै नरहेको र प्रदेश सरकार र संघीय सरकार पनि साथमा रहेको भन्दै काठमाडौँ महानगरपालिका साँस्कृतिक र पुरात्वात्विक शहरको संरक्षण गर्ने जिम्मेवारी पनि महानगरपालिकाकै भएको बताए ।

उनले मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक र वित्तीय हिसावले भने अघि बढ्न नसकेको स्वीकार गरे । तीनै तहमा छिट्टै कर्मचारी समायोजन गर्ने र समायोजनले कर्मचारीको वृत्तिविकास नरोकिने पनि प्रष्ट पारे ।

कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले काठमाडौं महानगर साँस्कृतिक धरोधर भएकाले यसको पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पर्यटनका दृष्टिकोणले काठमाडौं महत्वपूर्ण क्षेत्र भएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर तीनले समग्र उपत्यकाको विकासमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले यो वर्ष महानगरको पुर्न्निर्माणको वर्षका रुपमा लिएको बताए ।

उनले सबैसँग सहकार्य र समन्वय गरेर सुन्दर महानगर बनाउन आफू कटिवद्ध रहेको पनि उल्लेख गरे ।
धारो खोल्दा ट्याङ्की पनि खाली हुने प्रसंग निकाल्दै काठमाडौँलाई धुलोमुक्त र धुँवामुक्त बनाउन महानगरपालिकाले विद्युतीय सवारीसाधननलाई प्रोत्साहन गर्दै इन्धनबाट चल्ने सवारी विस्थापित गर्ने बताए ।

उनले पछिल्ला दिनमा काठमाडौँ महानगरपालिका भित्र ब्रमुरले धुलो फाल्न थालेपछि धुलोमुक्त काठमाडौँ बन्दै गरेको जोड दिए ।
महानगर दिवसमा सयौं परम्परागत बाजा गुरुको सम्मान, उत्कृष्ट विद्यालयका साथै १० जना सञ्चारकर्मीलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार वितरण र उत्कृष्ट करदातालाई सम्मान र कर्मचारी दीर्घ सेवा पदक दिइएको थियो ।
महोत्सव मंसिर २९ देखि पुस २ गतेसम्म जारी हुने हुनेछ ।