इपीएल — भैरहवा ग्याडियटर्स १२ रनले विजयी

काठमाडौ, २५ मंसिर— एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा भैरहवा ग्याडियटर्सले चितवन टाइगर्सलाई १२ रने पराजित गरेको छ । भैरहवाले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ९ विकेटको नोक्सानीमा एक सय ३१ रन जोडेको हो ।

लछ्य पछ्याउने क्रममा चितवनका लागि पौल स्ट्रिलिङले सर्वा्धिक ३८ रनको योगदान गरे । यस्तै जोन सिम्सनले २६ रन र दिलिप नाथले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । भैरहवाका लागि इन्दर सिंह र शरद भेस्वाकरले समान २र२ विकेट लिए । रायन टेन्डेसकाटे , अभिनास बोहोरा र भुवन कार्कीले १र१ विकेट लिए ।