कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत, औपचारिक घोषणा हुन बाँकी

 

काठमाडौ,१८ मंसिर —कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको छ यो निर्णय औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
लामो समयदेखि रोकिएको यो अध्यादेश अब राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको हो । कानुन मन्त्रालयले शुक्रबार अध्यादेश मन्त्रिपरिषद् पठाएको थियो ।