निर्मलाको पोस्टर प्रहरी भ्यानमा पनि, परराष्ट्रमन्त्री ज्ञवालीले भने ‘प्रहरी नै दोषी छ । ’

काठमाडौ, १८ मंसिर — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्यायको विषय अहिले देशको प्रमुख विषय बनेको छ । यतिबेला पन्तको न्यायका लागि सार्वजनिक सवारीदेखि लिएर प्रहरीको भ्यानमा पोष्टर टास्ने देखि हस्ताक्षर अभियान चलिरहेको छ ।
नेपाल विद्यार्थी संघले मंगलबार ‘सरकार भेटियो न्याय भेटिएन लेखिएको पोष्टर प्रहरीको भ्यानमा टासेका छने भने नयाँ शक्ती विद्यार्थी यूनियनले खोटाङमा हस्ताक्षर अभियान थालेको छ ।बलात्कार पछि हत्या भएको ४ महिना बित्दा समेत दोषीको पहिचान हुन नसकेको भन्दै मंगलबारदेखि हस्ताक्षर अभियान थालेको हो । यसै बिषयमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्मलाको हत्यारा पत्ता लगाउन नसक्नुमा प्रहरी नै दोषी रहेको बताएका छन् ।उनले प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएको बताए । मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएको बताए।