मापसे गरी सवारी चलाउनेहरु पुरुष भन्दा महिला वढि

मंसिर ११ काठमाडौं । काठमाडौँमा  मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने पुरुषको तुलनामा महिलाको संख्या ह्वात्तै बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको एक अध्यन अनुसार आर्थिक वर्ष २०७४÷७५ मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढेको हो ।

यस आर्थिक वर्षमा मापसेमा परेका ३२६ जना महिलालाई यस सम्वन्धी सचेतीकरण गरिएको छ ।
चालु आवको चार महिनामा मापसेमा परेका ३४१ महिलालाई सो कक्षा दिईएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले वताउनुभयो ।

“पछिल्लो अवस्थामा मापसे गरेर सवारीसाधन चलाउने महिलाको सख्या ह्वात्तै वढेर आयो । ” उहाँले भन्नुभयो , “ मापसे गरी सवारीसाधन चलाएपनि प्रहरीले महिलालाई खासै चेक गर्दैन भन्ने सोँच भएको पाइयोे ।”

त्यसैगरी यस आर्थिक वर्ष २०७४÷७५ मा लेन मिचेर सवारी चलाउनेहरु मात्रै ३ हजार २५२ जना महिलाले चेतनामूलक कक्षा लिएका छन् । चालु आर्थिक वर्षको चार महीनामा ७५२ महीलाले यो कक्षा लिएका छन् ।

यसका साथै आव २०७४र७५ मा सवारी दुर्घटना गराउने २० महिलाले पनि कक्षा लिएका छन् । यातायात व्यवस्था विभागका अनुसार अहिले देशभर ३२ लाखको हाराहारीमा सवारीसाधनहरु छन् । काठमाडौँमा मात्र झण्डै आठ लाख सवारी साधनहरु सञ्चालनमा छन् ।