काठमाण्डौंमा फेरी मंसीर १३ देखि १६ गते जोर विजोर गाडी चल्ने

मंसिर ११, काठमाडौं । काठमाण्डौमा यही मंसिर १४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनलाई लक्षित गर्दै मंसिर १३ देखि १६ गते जोर विजोर गाडी चल्ने भएको छ ।

सरकारले एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउने विदेशी विशिष्ट र अति विशिष्ट पाहुनाहरुको सवारी आवागमनलाई व्यबस्थित गर्न जोर विजोर नम्वरको सवारी चल्ने वताएको हो ।

गृह मन्त्रालयको निर्देशनमा १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरको सवारी चलाउन पाउने व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधनको अन्तिम अंकको आधारमा यो प्रणाली लागु गरिएको ट्राफिक कार्यालयको सुचनामा लेखिएको छ ।

जारी गरिएको सुचनामा अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी भने चल्न पाउने छन् ।