जाजरकोटमा बढ्यो प्रसूति केन्द्रमा सुत्केरी हुनेको संख्या

काठमाडौ,११ मंसिर — पछिल्लो समय प्रसूति केन्द्रमा सुत्केर गराउनेको सख्या दिनप्रतिदिन बढिरहेको छ । जाजरकोट छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएपछि संस्थागत सुत्केरी हुनेको संख्या बढेको छ ।  छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहले चालु आवको चार महिनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएको जानकारी दिए । अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको संख्या ११६ थियो ।

सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई पनि नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।
रासस