‘अब जता फर्कियो त्यतै सरकार’ — प्रधानमन्त्री

काठमाडौँ, ११ मंसिर — सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा जता फर्कियो त्यतै सरकार देखिने बताएका छन् ।
सामाजिक सुरक्षा योजनाको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले श्रमिकको हकहितलाई तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेकोले सरकार त्यहाँ पनि भेटिने बताए ।
‘हामी जनताका लागि काम गरिरहेका छौँ,अब केही दिनमै जता फर्कियो त्यतै सरकार देखिनेवाला छ, प्रश्न सोध्नेले उत्तर आफैँ पाउनेछन् ।’ उनले भने ।
तस्बीर— रासस