काठमाण्डौ शहरबासी धुलोबाट छिटै मुक्ति पाउँदै ।

काठमाडौं । धुलोमाण्डुको आरोप खेप्दै आएको काठमाण्डौं महानगरपालिकाले अब धुलोबाट छिटै मुक्ति पाउने भएको छ । काठमाडौं महानगरपालिकाकाले व्रुमर र जेट मेसिनको सहायताले सरसफाईको काम गर्न थालेपछि सडक सफा हुन थालेको हो ।
सडक विस्तार र मर्मत सम्भारको कार्य वेलैमा हुन नसक्दा सडक, सवारी र पैदलयात्री धुलोको कारण आजित भईसकेका थिए । ढिलै भएपनि काठमाण्डौ नगरपालिकाले सडक सफा गर्ने मेसिन र व्रमरद्धारा सडक सफा गर्न थालेपछि, काठमाडौंबासीले सडक सफा भएको महसुस गरेका छन् ।

साँझ र दिउँसो सडक व्यस्त हुने भएकाले अहिले काठमाडौंभित्र तीनवटा व्रमरले विहानको समयमा सडक सफा गरिरहेको महानगरका, वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । तर अहिले चलाईएका ब्रुमरहरु भने महानगरको होइन । चीनले महानगरलाई निशुुल्क उपलब्ध गराएका तीनबटा व्रुुमरमध्ये दुइटा बिग्रिएको अवस्थामा छन् भने एउटाले वसन्तपुुर दरबार क्षेत्रको फोहोर सफा गरिरहेको छ ।

महानगरले आफ्नो ब्रुमर विग्रेका कारण सडक विभागको ब्रुमर लिएर सडक सफा गरिरहेको वातावरण विभाग प्रमुख श्रेष्ठले बताउनुभयो  ।
त्यसो त दुई महिनाभित्र महानगरले ७ वटा बु्रमर ल्याउने तयारी गरिरहेको छ । त्यसमध्ये दुईवटा चीन सरकारको सहयोगमा आउन लागेको हो । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले गत साउन महिनामै साँचो वुझाईसक्नुभएको छ ।

बाँकी पाँचवटा ब्रुमर महानगर आफैले इटालीबाट १३ करोड रूपैयाँमा खरिद गर्न लागेको हो । ब्रुमरको मुल्य १ करोड ४८ लाख रुपैया पर्नेछ । महानगरले किन्न लागेका इटालियन ब्रुमर पहिलेको तुलनामा स्तरीय र टिकाउ हुनेछन् । तर सबै बु्रमर एकैचोटि चल्दा काठमाडौंको धुलो सबै सफाचट हुनेछन् ।

व्रुमर र मेसिनका कारण ५ किलोमिटर सडकको धूलो एक घन्टामा धूलो उठाउनेछ भने सडकका गिट्टी, बालुवाजस्ता ठूला फोहोर केही पनि वाँकी रहने छैन । अब व्रुमर र मेसिनको माध्यमाट करिब २ सय किलोमिटर सडक दैनिक सफा गर्ने महानगरले जनाएको छ ।