कांग्रेस बैठक ९ गते बस्दै

काठमाडौं,६ मंसिर —नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी शीर्ष नेताहरुको अनौपचारीक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ ।