देशभरका २ सय ५० कपडा उद्योग हड्तालमा

काठमाडौ,२ मंसिर —सरकारले भ्याट छुट सुविधा खारेज गरेको विरोधमा उद्योगीहरूले देशभरका कपडा उद्योग बन्द गरेका छन । नेपाल कपडा उद्योग संघको अगुवाइमा मुलुकभरका २ सय ५० वटा उद्योग शनिबार १ मंसिरदेखि एक साताका लागि बन्द गरिएका हुन् । छुट खारेजी गरेको तथा वैकल्पिक सुविधा पनि नदिएका कारण सम्पूर्ण कपडा उद्योग बन्द गर्न बाध्य भएको उद्योगीहरूले बताएका छन् ।