गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

काठमाडौ,२ मंसिर— रुकुम पश्चिममा एक व्यक्तिले गोली र खुकुरी प्रहार गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।