भ्रष्टाचार मुद्दा झेलिरहेका डिएसपी राईलाई धरौटीमा छोड्न अदालतको आदेश

कात्तिक २९, काठमाण्डौ—व्यवसायीसंग १ लाख ४० हजार रुपैयाँ घूस लिँदै गर्र्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीवाट पक्राउ परी भ्रष्टाचार मुद्दा झेलिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।

विशेष अदालतका रत्नबहादुर बागचन्द, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले घूस लिए बराबरको धरौटी मागेर छोड्ने आदेश दिएको हो ।

अब उनले १ लाख ४० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा थुनामुक्त हुन सक्नेछन ।