१६ औं हस्तकला व्यापार मेला सुरु, हेर्नुहोस फोटो फिचर

काठमाण्डौ— १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता कार्तिक २८ देखि मंसिर २ गते सम्म राजधानीको भृकुटी मण्डपमा आयोजना गरिएको छ । ‘हिमाली कला प्रर्दशनी’ नाम दिइएको मेलामा विविध हस्तकलाका कलाकृति राखिएको छ ।
नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद र नेपाल उद्योग वाणिज्य महासंघले मेलाको आयोजना गरेका हुुन । मेलामा निरन्तर कृयाशिल कलाकारहरुको सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले वताएका छन । मेलामा देखिएका केहि दृश्यहरु हेर्नुहोस ।