मन्त्रीबाट हटाइएका सोडारीलाई नेकपाको पार्टीबाट समेत निष्काशन

काठमाडौ,२८ कात्तिक —सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बर्खास्तगीमा परेका दीर्घ सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
सोडारी तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्ष थिए। उनले कैलालीको ४ को प्रदेश क्षेत्र ’क’बाट चुनाव जितेका थिए। मन्त्रीबाट बर्खास्त र पार्टीबाट निस्कासित नै भए पनि उनी सांसद भने रहनेछन् ।