सामाजिक विकासमन्त्री सोडारी बर्खास्त

 

काठमाडौ, २७ कात्तिक —सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् ।
सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउने नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि उनलाई हटाइएको हो ।