कमल थापाकै कारण राप्रपा एकता प्रक्रिया भाँडियो —राणा

काठमाडौ,२७ कात्तिक —राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको आरोप लगाएका छन् ।
अध्यक्ष राणाले पार्टी एकता प्रक्रियालाई अघि बढाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘तातै खाउँ, जलै मरौं’ भन्ने खालको हतारो गरेपछि पार्टी एकता प्रक्रिया तत्कालका लागि रोकिएको दाबी गरे ।