धनुषाका केराको मूल्य दोब्बर

काठमाडौ,२५ कात्तिक —छठ पर्व लागेसंगै केराको मूल्य दोब्बर भएको छ । गत वर्ष भारतबाट ६० ट्रक र नेपालबाट २५ ट्रक गरी धनुषाका लागि ८५ ट्रक केरा आएको थियो ।
यस वर्ष छठ एक महिना ढिलो हुँदा नेपालमा उत्पादन हुने केरा अभाव भएको कारणले गत वर्ष ३ सयदेखि ६ सयसम्ममा बिक्री भएको केरा यस वर्ष ६ सयदेखि १ हजार सम्ममा बिक्री भइरहेको छ ।