फाल्गुनन्दको अभियान स्मरणीय भएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ,२५ कात्तिक —प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।

फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।