स्याल आतंकले करिब १५ भन्दा बढी घाइते

 

काठमाडौ,२५ कात्तिक —बेत्रावती नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ। जङ्गलबाट बस्ती पसेको स्यालले १ को ढिकुरेबजार, ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए ।
बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ। रासस