देउसीभैलो खेल्ने समय राती १० बजे सम्म

काठमाडौ,२० कात्तिक— जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति १० बजे सम्मलाई मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ ।  देउसीभैलो खेल्ने बाहनामा राति उच्छृड्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरिएको हो ।