महिला फुटबलरको गुुनासो ‘फुटबलमा सहयोगको कमी छ’

 

काठमाडौ —पछिल्लो समय फुुटबलप्रतिको क्रेज बढिरहेको छ । बच्चा देखि वुद्ध सम्मले रुचाइएको खेलमा पर्छ फुटबल । गाँउघरका मैदान देखि सहरसम्म र सडक देखि फुटसलसम्म फुटबलको लोकप्रियता उत्तिकै छ ।

फुुटबलमा भबिष्य खोजीरहेका युुवायुुवतीहरु पनि त्यत्तिकै भेटिन्छन् । यिनै भिडमध्ये फुुटबललमा भविष्य खोजिरहेकी छन् नुुवाकोटकी कुमारी तामाङ । बालापनदेखि नै फुुटबल संग अभ्यस्त बनेकी उनि अहिले ‘महिला प्रिमियर लिग’ सम्म आइपुगेकी छन् । हुनत उनले यो स्तरसम्म आइपुग्न निकै चुुनौती भोगेकी छन् । फुटबलप्रति उनको रुचि भएपनि परिवारको साथ पाउन निकै गाह«ो परेको थियो । ‘बुबाआमाले त मान्नु भएन, बिदेशीमा रहनु भएकी दिदीको सहयोगले यो क्षेत्रमा आए ।’ बिगत सम्झिदै उनले भनिन् ।

मानसिङ धर्मा बिद्यालय कक्षा ९ मा अध्यनरत उनि कुमारी फुटसलको प्रतिनिधित्व गरीरहेकी छन् । टोखा भुुतखेल मा करिब २ बर्षको तालीम पछि यो क्षेत्रमा लागीपरेकी छन् । महिलाहरुले फुुटबलको क्षेत्रमा निकै चुुनौती भोग्नुपर्ने उनको अनुभव छ । ‘महिलाहरुले यो क्षेत्रमा निकै चुनौती भोग्नुपर्ने हुुन्छ, समाजले महिला फुटबललरलाई सकारात्मक सोचले हेर्न सकेको छैन ।’ उनले भनीन् ।

त्यस्तै लक्ष्मी तामाङले फुटबल प्रतियोगितामा प्रतिनिधित्व गरेको करिब पाँच बर्ष भइसक्यो । बिभिन्न स्तरका प्रतियोगितामा भाग लिदै उनि पनि महिला प्रिमियर लिग सम्म आइपुुगेकी हुुन् । काभ्रेपलाञ्चोककी उनि ‘फुटसल एरिना वौद्ध’ को तर्फबाट खेलिरहेकी छन् । फुटबलमै सधै रमाइरहेकी उनि यो क्षेत्रमा भबिष्य सुुनिश्चित होला त ? आफैमा प्रश्न गर्ने गर्छिन् र उत्तर पनि आफै दिने गर्छिन् ‘पक्कै पनि सहज छैन’ । यसरी दोधारै दोधारमा अगाडी वढेको उनी बताउछिन् । एक त आर्थिक पक्ष सबल छैन अर्को नेपालबाट भने जस्तो सपोर्ट नि नभएको उनको भनाई छ ।

बुुबाको पथ पछ्याउदै खेलाडी बनिन् दिक्षा सत्याल । आफ्ना बुुवा गोलकिपर रहेका कारण उनमा फुटबल प्रतिको छाप गहिरो छ । काठमाडौ महाराजगञ्जमा जन्मेकी उनि करिब ५ बर्षदेखि नै खेल्दै आएकी छन् । अहिले भने कुुमारी फुुटसलको प्रतिनिधित्व गर्दै महिला प्रिमियर लिगमा सहभागी भइन् । खेलसंगै पढाईलाई समय निकाल्न गाह्रो पर्ने उनको अनुभव छ । ‘खेल्नका लागि स्वाथ्यको ख्याल संगै शरीरलाई फुर्तिलो बनाउन आवश्यक छ ’ उनले भनिन् ।